जनकपुरधाम, २४ असार । सातै प्रदेशका मुख्य महान्यायाधिवक्ताहरुको चौथो राष्ट्रिय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।
आइतबार सम्पन्न राष्ट्रिय सम्मेलनले ९ बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको हो ।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा जनकपुरधाममा भएको दुई दिने सम्मेलनको घोषणापत्रमा कानूनको शासन, मानव अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनप्रति प्रतिबद्धता गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले नेपालको संविधान, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्त सम्बन्धि ऐन र मुलुकी फौजदारी कसुर ( सजाय निर्धारण तथा कार्यान्वयन ) ऐनमा भएको कानूनी व्यवस्था अनुसारका अधिकार सङ्घीयताको मर्म र भावना अनुरुप सबै प्रदेशमा एकरूपता कायम गर्ने गरि कार्यान्वयनमा जोड दिएको छ ।
यसैगरी प्रोवेशन तथा प्यारोल बोर्ट लगायतका कानूनी प्रावधानहरूको कार्यान्वयनका लागि नियमावलीलगायत आवश्यक कानुनहरू तत्काल निर्माणमा सरोकारवा सबै पक्षसँग मुख्य महान्यायाधिवक्ता राष्ट्रिय सम्मेलनले माग गरेको छ ।
सुदूरपश्चिमका मुकुन्द उपाध्याय, कर्णाली प्रदेशका नर बहादुर खड्का, लुम्बिनी प्रदेशका प्राध्यापक डा. बुद्ध बहादुर थापा क्षेत्र, गण्डकी प्रदेशका चिरञ्जीवी शर्मा पौडेल, बागमती प्रदेशका ज्ञानेन्द्र नेपाल र मधेश प्रदेशका वीरेन्द्र कुमार ठाकुरले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया