मिटरब्याज पीडितलाई न्याय दिलाउँछौं : गृमन्त्री श्रेष्ठ

समाचार

काठमाडौं, २४ असार । मिटर ब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

नयाँ बानेश्वरमा मिटर ब्याजबाट पीडितहरूको धर्ना स्थल पुगेर सम्बोधन गर्दै उनले सो प्रतिबद्धता जनाएका छन् ।

उनले पीडकहरूको विरुद्ध पीडितलाई न्याय दिनका निम्ति सरकारले मिटर ब्याजीसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेशको निश्चित अवधि भएको हुनाले कानुन बनाउनका लागि संसद्मा प्रस्तुत भएको तर पारित हुन नसकेको भन्दै विधेयक चाँडै अगाडि बढाउने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले अध्यादेश जारी गर्नुभन्दा अगाडि नै सरकारले मिटर ब्याजी पीडितको माग सम्बोधन गर्न मिटर ब्याजसम्बन्धी छानबिन गर्न आयोग गठन गरेको स्मरण गर्दै आयोगको काम नरोकिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ