आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

सप्तरी, २५ असार । हनुमाननगर कंकालनी नगरपालिका–५ मेहता टोल बस्ने नितेश कुमार मेहताको घरमा आगलागी भएको छ ।

खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पडकिएर आइतबार राति आगलागी हुँदा पंखा, खाट, बेड, खाद्यान्न, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ