नियन्त्रित लागूऔषधसहित बालक पक्राउ

समाचार

रौतहट, २६ असार । गौर नगरपालिका–२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषधसहित एक बालक पक्राउ परेका छन् ।

डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका–१ बस्ने १२ वर्षीय बालकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ