भारतका प्रधानमन्त्री मोदीद्वारा समवेदना प्रकट

समाचार

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् ।

भारतका प्रधानमन्त्रीा मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाली भाषामा समवेदना प्रकट गरेका हुन् ।

मोदीले ट्वीट गर्दै भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।’

उनले समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ