नागरिकता वितरणसम्बन्धी जटिलता निराकरण गर्न तमलोपाको माग (विज्ञप्तिसहित)

समाचार

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउँदै तमलोपाका नेताहरु ।

काठमाडौं, २७ असार । नागरिकता वितरणमा देखिएका अस्पष्टता र जटिलता निराकरण गर्न तराई–मधेश लोकतान्त्रिक पार्टीले माग गरेको छ ।

बुधबार तमलोपाका कार्यवाहक अध्यक्ष डा.विजयकुमार सिंहले एक प्रेस विज्ञप्ति जारी गरी अस्पष्टता र जटिलता निराकरणतर्फ जिल्ला प्रशासन कार्यालय मार्फत् सबै निकायको ध्यानाकर्षण गराएका छन् ।

विभिन्न जिल्लाहरुले जारी गरेको नागरिकता सम्बन्धि सूचनाहरुमा पनि फरक–फरक नियमहरु र जटिल प्रावधानहरु देखा परेको र उत्पन्न अप्ठ्याराहरुले अनेकौं शंका–उपशंका, आर्थिक हिनामिना, चलखेल, अनियमितता र अस्तव्यस्तताको धमिलो माहोल बनेको तमलोपाको ठहर छ ।

तमलोपाका नेताहरुको एक टोलीले नागरिकतासम्बन्धी देखिएका अप्ठ्याराहरु अविलम्ब निराकरण गर्न जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको तमलोपाका नेता उमेश मण्डलले जनाएका छन् ।

यस्तो छ तमलोपाको विज्ञप्तिः

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ