कैलाली, २८ असार । कपडाको होलसेल पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
धनगढी उपमहागनरपालिका–४ बसपार्क गोल मार्केटस्थित गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चेतराज भट्टको लक्षित इन्टरप्राइजेज कपडाको होलसेल पसलमा विद्युतको लाइन सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया