श्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना पक्राउ

समाचार

बाँके, २८ असार । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा गल्लीबाट सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षिय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाईकल चेक जाँच गर्ने क्रममा चालक भने मोटरसाईकल सहित भागेका थिए ।

मोटरसाईकल पछाडी बसेका कुरेशीले बोकेको सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँ सहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ