रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

समाचार

रौतहट, २९ असार । रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।

धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका–६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो ।

श्रीमती र छोरीसँग एउटै कोठामा सुतेका जगरनाथलाई अर्को कोठामा लगेर घाँटीमा धारिलो हतियारले प्रहार गरेर अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले जनाएको छ ।

हत्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ