कपिलवस्तु, २९ असार । संघ, प्रदेश र स्थानीय तहको समन्वय नहुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको तोकिएको लक्ष्य प्राप्त गर्न समस्या रहेको कृषि प्राविधिकहरुले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ कपिलवस्तुकाले आर्थिक वर्ष २ं०७९।८० को स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति तथा रिपोर्टिङ कार्यक्रममा बोल्दै प्राविधिकहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको कार्यविधि प्रष्ट नहुनु, स्थानीय तहमा संघका पदाधिकारी तथा कर्मचारीले बैठक तथा अनुगमन नगर्ने जस्ता समस्याले तोकिएको प्रगति हासिल गर्न नसकिएको कृषि शाखा तथा पशु शाखा प्रमुखहरुले बताएका छन् ।
कार्यक्रममा अनुगमन र समन्यव नर्गदा र कार्यविधिको प्रष्ट रुपमा मापदण्ड उल्लेख नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या परेको महाराजगञ्ज नगरपालिकाका पशु सेवा शाखाका प्रमुख विष्णु भुषालले बताए ।
कार्यक्रमा जिल्ला समन्यव समितिका संयोजक बाबुराम आचार्यले कृषिको आधुनिकीकरणमा सबै तहहरु मिलेर काम गनुपर्ने बताए ।
कृषि उत्पादनमा जोड दिदै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने बताउँदै कुन क्षेत्रमा कुन बाली उपयुक्त छ त्यसलाई प्राथमिक दिनु पर्ने आचार्यले बताए ।
कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले त्यस तर्फ प्राविधिकहरुले ध्यान दिनु पर्ने बताए ।
परियोजना आधुनिकरणका वरिष्ठ कृषि अधिकृत सहसराम चौधरी कुर्मीले आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै परियोजनाका सुरुदेखि हालसम्मका प्रतिफल र उपलब्धिहरुको बारेमा जानकारी दिए ।
साथै उनले कृषि क्षेत्रमा औधोगिकरण, व्यवसायीकरण र यान्त्रिकरणमा जोड दिँदै समन्यात्मक रुपमा जाने प्रतिवद्धता जनाए ।
रिपोटिङ कार्यक्रममा १० वटै पालिकाका कृषि शाखा र पशु शाखाका प्रमुखहरुले पकेट विकास कार्यक्रमको शुरु वर्ष देखि हाल सम्मको प्रतिफल र उपब्धिहरु, पकेट विकास, कार्यक्रमबाट देखिएको उल्लेखनीय परिवर्तन, राोजगारी सृजनाको अवस्था, लाभान्वित जनसंख्या, २०७।८०को भारित प्रगति, पकेट विकास कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, समाधानका प्रयासहरु बताएका थिए ।
कार्यविधिको मापदण्ड र कार्यान्यनमा आएको समस्या बाट पकेट विकास कार्यकमको करौडौ रकम फिज्र भएको समेत बताइएको छ ।
तपाईको प्रतिक्रिया