काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघिय सांसद प्रभु साहले रौतहटमा भइरहेको हत्या र हिंसाका घटनाका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘गएराति रौतहटमा एक जना युवाको हत्या भयो देवाही गोनाहि नगरपालिका कर्कच निवासी जगरनाथ साहको १२ बजे राती घाटी रेटेर हत्या भएको छ । म ती हत्यारालाईं कार्बाहीको लागी गृह प्रसासन संग जोरदार माग गर्दछु।’
उनले कानूनविपरित म्याद थपेर करोडौंको चलखेल भएका कुरा बाहिर आएको भन्दै त्यस विषयमा सदनमा स्पष्ट पारिनुपर्ने माग गरेका हुन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘कृषि मन्त्रालय मातहतका कालिमाटी र बालाजु तरकारी बजारका सटरहरुको कानूनविपरित म्याद थप्ने काम भएको छ । करोडौंको खेल भएका छन् । अहिले हामी कानूनी शासनको कुरा गर्दछौं । सरकारले सुशासन कायम गरिराखेको भन्छ । कृषिमन्त्रीलाई म सोध्न चाहन्छु–कुन कानून अन्तर्गत कालिमाटी तरकारी बजारको म्याद थप्नुभयो ? समाचारमा करोडौं र अरबौंको चलखेल भएको भनेर लेखेका छन् । त्यो विषयमा यो सदन आश्वस्त हुन चाहन्छ । यो के हो ? यो कुन काण्ड हो ? कृषिमन्त्रीले सदनलाई आश्वस्त गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भनेका हुन्।
तपाईको प्रतिक्रिया