मधेश प्रदेशको बजेट सर्वसम्मत पारित

समाचार

जनकपुरधाम, २९ असार । मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको आय व्यय सहितको अनुमानित बजेट प्रदेश सभाको बैठकले सर्वसम्मतले पारित गरेको छ ।

प्रदेश सभाको बैठकमा विभिन्न दलका प्रदेश सभाका सदस्यहरूको बोल्ने क्रम सकिएपछि प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेश गर्दा बजेट सर्वसम्मतिले पारित गरेको हो ।

गत असार १ मा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारको बजेट पारित भएपछि आर्थिक वर्ष २०८०/८१ को बजेट सहितको कार्यक्रमहरू सञ्चालनका लागि बाटो खुल्ला भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ