वीरगन्जमा भानुभक्त आचार्यको शालिक अनावरण

समाचार

वीरगन्ज, २९ असार । २०५औँ भानु जयन्तीको अवसरमा नयाँ बसपार्कस्थित भानु चोकमा वीरगन्ज महानगरपालिकाले निर्माण गरेको भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।

वरिष्ठ साहित्यकार भवानी क्षेत्री र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा सालिकको अनावरण गरेका हुन् ।

मूर्ति अनावरण गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सिंहले आदिकवि भानुभक्त आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर सरलीकृत गरी धर्म संस्कृतिको प्रचारमा महत्वपूर्ण योगदान पुर्याएको धारणा राखेका थिए ।

बसपार्कमा भानुको शालिक अनावरण र माल्यार्पण कार्यक्रमपछि झाँकी, जुलुस बाजागाजा सहित निस्किएको प्रभात फेरीले नगर परिक्रमा गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ