कैलाली, ३० असार । जिल्लाको छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २१ वर्षीय भुवन भट्टलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित हंसराज तिवारीको ओम मोबाईल ग्यालरीबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको मोबाइल चोरी भएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा विभिन्न कम्पनीका मोबाइल ५ थान, नगद १० हजार रूपैयाँ र बैंक चेक ३ थान र उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, टिकापुर नगरपालिका–९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका–१ ब्लक नम्बर सि बस्ने २८ वर्षीय लक्ष्मण रावललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया