सप्तरीमा आगलागीबाट दुई जनाको घर जले

समाचार

सप्तरी, ३० असार । बिष्णुपुर गाउँपालिका–१ पर्साही बस्ने जयनारायण यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको छ ।

शनिबार बिहान आगलागी हुँदा उक्त आगो फैलिएर छिमेकी देवनारायण यादवको घरमा समेत आगलागी हुँदा दुवै जनाको गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ