भन्सार छलि ल्याएको विभिन्न सामान बरामद

समाचार

सप्तरी, २ साउन । सुरुङ्गा नगरपालिका–५ कुशहा बजारस्थित राज कुमार साहको घरबाट अवैध रूपमा भारतबाट भन्सार छलि ल्याएको करिब १२ लाख ५७ हजार १ सय ५० रूपैयाँ बराबरका विभिन्न कपडा लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

उनले घरमा भारतबाट भन्सार छलि गरी ल्याएका कपडा लगायतका सामानहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त रूपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय तिलाठी सप्तरी पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ