कुखुरा पाल्ने घरमा आगलागी हुँदा साढे पाँच लाखभन्दा बढीको क्षति

समाचार

धनुषा, २ साउन । गणेशमान चारनाथ नगरपालिका–१ बस्ने दिल बहादुर तामाङको कुखुरा पाल्ने घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ ।

आगलागी हुँदा चल्ला ६ सय पिस र कुखुरालाई खुवाउने दाना जलेर करिब ५ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सगहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ