महोत्तरी, २ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले साना किसान (कृषक) हरुलाई अनुदानमा पावर टिलर, मिनी टिलर लगायतका प्रविधिहरु वितरण गरेको छ ।
मटिहानी नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रतौली युवा क्लबद्वारा पालिकामा सञ्चालित कृषि तथा पशुमा आधारित साना किसान तथा उधमशीलता विकास कार्यक्रम अन्तर्गत ७० प्रतिशत पालिका र ३० प्रतिशत मूल स्वावलम्बी समूहहरुको सहयोगमा एक कार्यक्रम बीच मटिहानीमा पावर टिलर १५ थान, मिनी टिलर ८ थान, थ्रेसर ७ वटा र चाप कटर ३५ वटा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख मण्डलले ७३ लाखको लागतमा खरिद गरी छिटो छरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु कृषकलाई वितरण गरिएको बताए ।
नौं वडा रहेको मटिहानी नगरपालिकाका २२ वटा समूहलाई सामग्री दिएको कुरा प्रोजेक्टका कर्मचारी महेश यादवले बताए ।
रतौली युवा क्लवको कार्यकारी निर्देशक बैधनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वड़ाध्यक्षहरु शिवशंकर कुमार राय, रयुफ शेष, नाजिर मिया, अब्दुल गफार राईन, कलीम अंसारी र रितेश साह, योजना अधिकृत राजेश कुमार शर्मा, पार्टी प्रतिनिधिहरु श्याम कुमार मण्डल (लोसपा), उपेन्द्र प्रसाद चौधरी (नेका), उमाशंकर साह (जनमत) कार्यपालिका सदस्यहरु लगायत स्थानीयहरु सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया