कपिलवस्तु, ४ साउन । कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश सभा सदस्य सुधाकर पाण्डेले साक्षर घोषणा कार्यक्रममा कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
साक्षर घोषणा भएकाहरूमध्ये देशभरमा कपिलवस्तु ६४औँ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशको १२औँ जिल्लाको रूपमा पर्दछ ।
कपिलवस्तुका दश वटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई पनि साक्षर घोषणा गरीएको हो । साक्षर हुनको लागि १२ वटा सुचकहरूमध्ये छ वटा अर्थात् ५० प्रतिशत सुचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, बाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्याल, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी, विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख, राजनीतिक दलका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया