महोत्तरी, ७ साउन । प्रदेश प्रहरी गण धनुषामा कार्यरत प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि आक्रमण भएको छ ।
गएको बिहीबार राति १० बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको हो ।
आक्रमणबाट नायक उपरीक्षक यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उनको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।
यता घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो ।
तपाईको प्रतिक्रिया