खैरोहेरोइनसहित कैलालीमा दुई जना पक्राउ

समाचार

कैलाली, १२ साउन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरोहेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका–५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागूऔषध खैरो हेरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–५ सत्कार चोकबाट सोही उपमहानगरपालिका–४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ