सप्तरीमा युवक मृत फेला

समाचार

सप्तरी, १२ साउन । हनुमाननगर कंकालीनी नगरपालिका–१० बस्ने १९ वर्षीय तिर्थ नारायण मण्डल मृत अवस्थामा फेला परेका छन् ।

तिलाठी कोईलाडी गाउँपालिका–७ सापुरस्थित सडकको छेउमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सडक छेउको खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ मधेश प्रदेश केनाईन शाखा धनुषा र जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको संयुक्त टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ