वीरगन्ज, १५ साउन । नेपालका लागि नेपाली पार्टी जिल्ला समिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन–पत्र बुझाइएको छ ।
पर्सा जिल्लामा रोग निको पार्ने बहानामा सोझा–साझा हिन्दू समाजका आमाबुवा, दाजूभाई, दिदीबहिनीलाई प्रलोभनमा पारी कृश्चन बनाउने कार्य भइरहेको भन्दै नेपालका लागि नेपाली पार्टीको गम्भीर ध्यानआकर्षण भएको छ ।
धर्म परिवर्तन गराउने कार्य गर्ने व्यक्ति वा समूहलाई नेपालको वर्तमान कानूनले कड़ा कारवाहीको व्यवस्था गरेको छ ।
धर्म परिवर्तनले समाज एवम् राष्ट्रलाई दुर्घटनातर्फ पुर्याउने गरेको छ । रोग निको पार्ने बहानामा झुक्याएर धर्म परिवर्तन गराउने टीमलाई कडा कारवाहीको माग गरेको छ ।
पर्साका सहायक सीडियो भीमकान्त पौडेललाई ज्ञापन–पत्र बुझाएको थियो ।
पर्सा जिल्ला अध्यक्ष इंजीनियर अनिल कुर्मीको अगुवामाई सीडियो कार्यालय पर्सा गएको टोलीमा पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, महामन्त्री दीपक महाराज आत्रेय, सचिव तुलसी पौडेल, कोषाध्यक्ष विष्णु भक्ति दास, केन्द्रीय सदस्य पिया सिंह, मधेश प्रदेश उपाध्यक्ष मुना गुप्ता, कोषाध्यक्ष पारस द्विवेदी, पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, सचिव नवीन मिश्रा, सहसचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, जिल्ला सदस्य सन्तोष कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया