बारा, १७ साउन । कोल्हवी नगरपालिका–११ स्थित लक्डी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोही नगरपालिका–१० बेल्वा बस्ने शिवनाथ महराको छोरा ६ वर्षीय बिदयान्द महराको बुधबार दिउँसो मृत्यु भएको छ ।
पानीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटि गएको प्रहरी टोलीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया