कुखुराको ९० किलो मासु बरामद

समाचार

नेपालगन्ज, १८ साउन । भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको सुख्खा बन्दरगाह बिओपीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको ९० केजी बोइलर कुखुराको (बोनलेस) प्रतिबन्धित मासु जयसपुर नाका नजिकैबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सुख्खा बन्दरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र लम्सालका अनुसार बिओपीबाट खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले जानकी गाउँपालिका वडा नम्बर १ साईंगाउँ छोटी भन्सारस्थित दसगजा नजिकैबाट मासु बरामद गरेको हो ।

उक्त मासुको अंदाजी मूल्य करिब ७२ हजार रुपियाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले बरामद गरिएको सो मासुलाई स्थानीय जनप्रतिनिधि, साईगाउँ प्रहरी चौकी इंचार्ज फत्तेसिंह चौधरी र सामाजका अगुवाहरुको उपस्थिमा नष्ट गरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ