हाइ भोल्टेज लाइनमुनि पार्क बन्दै

समाचार

काठमाडौं, १९ साउन । गोंगबुस्थित हाईटेक्सन हाइ भोल्टेज लाइनमुनि पार्क बन्न लागेको छ, जुन अति नै खतरायुक्त रहेको छ ।

हाइ भोल्टेज लाइनमुनि पार्क बन्न लागेपछि स्थानीयहरु त्रसित भएका छन् । किनकि हाई भोल्टेज लाइनमुनि अति नै जोखिमपूर्ण रहेको स्थानीयहरु बताउँछन् ।

काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु टाउन प्लानिङ्गमा रहेको सिट नं. १०२०–९८४–२५ कित्ता नं. १२४३ मा हालै मात्र काठमाडौं महानगर र गोंगबु आवास क्षेत्र उपभोक्ताबीच हाइटेन्सन हाई भोल्टेज लाइनमुनि पार्क बन्ने सम्झौता भएको हो ।

सो पार्कका लागि भ्याट बाहेक रकम रु.६७७३९३७/५७ छ । काठमाडौं महानगरको ९५% रु. ६४३५२६९/१९ रहेको छ । गोंगबु आवास क्षेत्र सुधार समितिको ५% ले (रु.३३८६९८/३८) रहेको छ ।

हालै मात्र राप्रपाको पार्टी कार्यालय हाइ टेन्सन लाइन मुनि भएको खबरले यो पार्क पनि बन्न नहुने स्थानीयहरु बताउँछन् । यस्तै हाइटेन्सन लाइनमुनि महाराजगन्जमा भर्खर मात्र सन्दीप जिसीको मृत्यु प्रकरणबाट पनि कतै यो पार्क जोखिममा छ जस्तो लाग्छ ।

उपभोगक्ता र महानगरका कर्मचारीको मिलेमतोमा गोंगबुको हाइ भोल्टेज लाइनमुनि पार्क बन्न लागेको स्थानीयहरुको आरोप छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहलाई यो कुरा जानकारी नभएको हुनसक्छ । अर्को कुरा, त्यहाँ हाइ भोल्टेजमुनि पार्क बनाउन नेपाल विद्युत प्राधिकरणबाट समेत स्वीकृत नलिएको देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ