नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

समाचार

रूपन्देही, २३ साउन । बुटवल उपमहानगरपालिका–११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका–९ बस्ने साहिल थापा मगरलाई पक्राउ गरिएको छ ।

उनीहरुलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सैनामैना नगरपालिका–१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको विषयमा मोटरसाइकल तथा स्कुटरमा सवार ४ जना व्यक्तिहरु ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ