कपिलवस्तु, २७ साउन । इरफान अहमद शेष नेतृत्वको राष्ट्रिय स्वराज पार्टीको कपिलवस्तु जिल्ला कार्यसमिति गठन भएको छ ।
तौलिहवा नगरपालिकाको पाल्म होटलको सभाहलमा भएको भेलाबाट राम उग्रह चौधरीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ छ ।
उपाध्यक्षहरु हाजी मो.इसरार मुसलमान, हाजी साकिर गद्दी तथा श्रवण कुमार मुराउ, सचिव– हाजी अब्दुल मुतिम, सहसचिव– मौलाना अब्दुल्लाह अंसारी, कोषाध्यक्ष– रमजान अलि गद्दी रहेका छन् ।
यस्तै, सदस्यहरुमा मोहम्मद फारूक, हाजी सनिउल्लाह, सलीम खान, राम सिंह कुर्मी, अकबाल हुशेन मुसलमान , मकसूद अहमद मुसलमान, साकिर अलि, अब्दुल्लाह हसन मुसलमान, मुख्तार अहमद, महमूद अलि, अब्दुल गफ्फार लगायत २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।
सो भेलाबाट दुईजना सल्लाहकार चयन भएका छन् । जमाल अहमद तथा जलील अंसारी रहेको जानकारी लुम्बिनी प्रदेशको प्रदेश इन्चार्ज ध्रुब शर्मा(स्वामी बाबा)ले जनाएका छन् ।
भेलामा केन्द्रीय नेतृत्व तथा विभिन्न जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष इरफान अहमद शेष, बाँके जिल्ला सभापति अब्दुल कादिर साई, रुपन्देही जिल्ला सभापति सुरेशमणी त्रिपाठी, रुपन्देही जिल्ला उपाध्यक्ष सीता थारू, युवा नेता अनिस खान, वरिष्ठ सल्लाहकार हाजी साकिर, कपिलवस्तु जिल्लाका नेताहरू युवा विष्णु जैसवाल , जितेन्द्र कुर्मी, एहसानुल्लाह मुसलमान, युवा नेता रोशन साह, अख्तर खान, बाँके जिल्लाका दलित नेता बिष्णु खटिक, बाबुराम कोरी, जलालुद्दीन हल्वाई लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया