वीरगञ्ज कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न

समाचार

वीरगन्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज साइक्लिङ क्लबले १५ किलोमिटरको वीरगञ्ज कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न गरेको छ ।

वीरगन्जका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको साइक्लिङ च्यालेन्जको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए ।

नगरप्रमुख सिंहले शारीरिक तन्दुरुस्तीका साथै नगर क्षेत्रका पर्यटकीय स्थलहरूलाई चिनाउन यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताउँदै वातावरणमैत्री साइकलको प्रयोगबाट व्यक्तिगत स्वास्थ्य र वातावरण जोगाउन समेत सहयोग पुग्ने बताएका हुन् ।

वीरगञ्जको माई स्थानबाट सुरु भएको कोरा साइक्लिङ पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णोदेवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ