नेपालगन्जमा उर्दु गजल गोष्ठी सम्पन्न

समाचार

बाँके, २७ साउन । नेपालगञ्जका उर्दू साहित्यकारहरूको सङ्गठन गुल्जार–ए– अदबले उर्दु भाषाको संरक्षण र संवर्द्धनका लागि शनिबार गुल्जार–ए–अदबले नेपालगञ्जमा मासिक उर्दू गजल गोष्ठीको आयोजना गरेको छ ।

गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आइरहेकोमा सोही अनुसार स्थानीय महेन्द्र पुस्तकालयमा गजल गोष्ठीको आयोजना गरिएको थियो ।

नेपालगञ्जका उर्दू साहित्यकार सैयद असफाक रसूल नेपालीको अध्यक्षता, असर नेपालीद्वारा सञ्चालित उक्त गोष्ठीमा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, असर नेपाली लगायत उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ