कैलाली, २८ साउन । गोदावरी नगरपालिका–८ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३ सय ४० मिलीग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका–१ बस्ने २३ वर्षीय रिजन कुमार बुढा र सोही गाउँपालिका–४ बस्ने २३ वर्षीय चेतन पौडेल रहेका छन् ।
प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले सु.प प्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया