पर्सा, २८ साउन । वीरगंज महानगरपालिका–२२ मनिहारी बस्ने ४५ वर्षीया सुमन्ती देवीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको स्विच बोर्डको नाङ्गो तारमा छुन जाँदा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया