करेन्ट लागेर एकको मृत्यु

समाचार

मोरङ, ३० साउन । बेलबारी नगरपालिका–५ मोतीहारी टोल बस्ने २६ वर्षीय प्रेम माझीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा जडान गरेको फ्यान चलाउने क्रममा विद्युत सर्ट भई उनलाई करेन्ट लागेर लागेको थियो ।

गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ