पतिले गरे पत्नीको हत्या

समाचार

बर्दिया, १ भाद्र । वढैयाताल गाउँपालिका–१ सानोडाँफेमा शुक्रबार पतिले पत्नीको हत्या गरेका छन् ।

५० वर्षीय कृपाल सुनारले श्रीमती केशकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घरदेखि करिब ५ सय मिटर दुरीमा स्थानीय जुहारीलाल ऐरीको खेतमा केशकुमारी घाँस काटिरहेको समयमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेका थिए ।

सुनारले धारिलो हतियार प्रयोगपछि धानखेतमा लडाई थिचेर श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै ईलाका प्रहरी कार्यालय, मैनापोखरबाट प्रहरी टोली पुगेर सुनारलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ