वीरगन्ज, २ भाद्र । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सचिव तुलसी पौडेलले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
पार्टीले शनिबार नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा केन्द्रीय सचिव पौडलले भाद्र १ गते काम विशेषले जाँदा फोटोकपीको समस्या हुदाँ सो बिषयलाई लिएर सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई गुनासो सुनाउन जाँदा उनले दुव्र्यवहार गरेकोे बताए ।
सचिव पौडेलले सहायक सिडियोलाई नमस्कार भन्दै आफ्नो कुरा राख्न खोज्दा कुरै नसुनी उल्टै नानाथरीको गाली बेईज्जतीसँगै मोबाईल स्वीच अफ गराई करिब साढे तिन घण्टा नजर बन्द गरेको आरोप लगाए ।
सहाकय सिडियो लम्सालले माफि नमाँगे चरणबद्ध आन्दोलन गर्ने पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराजले जानकारी दिए ।
पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय प्रबक्ता अग्नी प्रसाद भुसाल, केन्द्रीय सदस्य बिनोद प्रसाद कुर्मी, मधेश प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी, पर्सा जिल्ला सचिव नविन मिश्रा, कोषाध्यक्ष प्रणय सिन्हा, सल्लहाकर श्रीलाल राउत, जिल्ला सदस्यहरु जयलाल कुर्मी, संतोष कुशवाहा, बिधांचल पटेल, सुरज साह कानू, संदीप पटेल, बीरगंज नगर उपाध्यक्ष धीरज साह लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया