कोहलपुर डुबानमा

समाचार

नेपालगन्ज, ४ भाद्र । अविरल वर्षाका कारण जिल्लाको कोहलपुर नगरपालिका डुबानमा परेको छ ।

कोहलपुर नगरपालिकाको गोलपार्क, न्युरोड लगायतका क्षेत्र डुबानमा परेका हुन् । कोहलपुरको वडा नम्बर १, २, ८, ९, १०, ११, १४ मा डुबान भएको छ ।

करोडौँको बजेटमा नाला निर्माण गरिए पनि अहिले ती नाला जाम हुँदा डुबान भएको हो । पानीको सहज निकास नहुँदा ठुलो वर्षा भएपछि छिनभरमै डुबान हुने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ