झापा, ७ भाद्र । अर्जुनधारा नगरपालिका–९ बस्ने अमृत रेग्मीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा कुटी काट्ने मेसिनबाट श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेको अवस्थामा छुटाउन जाँदा दुवै जना गम्भीर घाइते भएकोमा उपचारको लागि शंकर अस्पतालतर्फ लैजाने क्रममा अमृतको बाटोमै मृत्यु भएको हो ।
ममतालाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।
तपाईको प्रतिक्रिया