दुई केजी गाँजासहित दुई जना पक्राउ

समाचार

सर्लाही, ७ भाद्र । कौडेना गाउँपालिका–२ लखनदेही पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत विशनपुर गोनाही–९ थाना सोनबर्षा बस्ने ३६ वर्षीय मनोज राय र भारत ग्राम पंचायत ईनर्वा पररिया टोल बस्ने ३७ वर्षीय प्रमोद राय रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको प्रहरीले बिआर ३० एएच ४३२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ