कपिलवस्तु, ११ भाद्र । जिल्लाको शिवराज नगरपालिकामा खोलामा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको घरदेखि करिब ६ सय मिटर वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतबार राति मृत्यु भएको छ ।
माछा मार्न गएको अवस्थामा अचानक डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया