काठमाडौं, ८ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
सोमबार अध्यक्ष ठाकुरले लोसपाको विस्तारित केन्द्रीय समिति सार्वजनिक गरेका हुन् ।
लोसपा गठनको दुई वर्षपछि आफ्नो केन्द्रीय समिति गठन गरेको हो । यसअघि लोसपाको केन्द्रीय कार्यकारिणी समिति मात्र थियो ।
लोसपाको विस्तारित केन्द्रीय समितिमा अध्यक्ष १, वरिष्ठ नेता ३, वरिष्ठ सहअध्यक्ष १, वरिष्ठ उपाध्यक्ष ६, उपाध्यक्ष १६, महासचिव १६, सहमहासचिव ८, सचिव ११, प्रवक्ता १, सहकोषाध्यक्ष १ सहित ३११ सदस्यीय केन्द्रीय समिति गठन भएको छ ।
विस्तारित केन्द्रीय समितिको नामावली:
तपाईको प्रतिक्रिया