जनकपुरधाम, ११ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।
धनुषाधाम नगरपालिका–७ किसानपुरमा बिहीबार नवनिर्मित मदरसाको उद्घाटन गर्दै उनले शिक्षासँगै स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताएका हुन् । ‘आफ्नै कार्यकालमा मुस्लिमहरुको लागि उर्दु विद्यालय संचालनमा ल्याउँछु’, उनले भने, ‘यो विद्यालयमा उर्दुसँगै अंग्रेजी, गणित, विज्ञान पनि पठनपाठन हुन्छ ।’
किसानको लागि बिना धितो ऋण उपलब्ध गराउनका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गर्ने तयारी भइरहेको उनले बताए । बाली लगाउने बेलामा किसानलाई मलखाद, सिचाई, मजदूरको लागि आर्थिक अभाव हुने गरेको छ, उनले भने–यसको समाधान खोज्न बैंकसित छिट्टै सम्झौता गर्न लागिएको छ ।
बैंकले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ऋणको बाली भित्र्याउनेसम्मको ब्याज प्रदेश सरकारले तिर्ने उनले जानकारी दिए ।
उनले सामाजिक सद्भाव कायम गरेर अघि बढ्न सबैमा अपील समेत गर्नुभयो । केही तत्वहरु सामाजिक सद्भाव बिगार्नमा लागेको छ, उनले भने–हामी सबै सचेत हुनुपर्ने बेला छ । किसानपुर गाउँको विकास गर्नको लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री यादवले घोषणा गरे ।
वडा नं. ७ का वडाध्यक्ष हेमनारायण यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धनुषा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य दिपक कार्कीले आपूmले जनताको शिर निहुरिने खालको कुनै कार्य नगर्ने प्रतिबद्धता जनाए । जनता समाजवादी पार्टी(जसपा) का केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य कार्कीले धनुषा–१ को विकासमा सहयोगको लागि मुख्यमन्त्री यादवसँग आग्रह समेत गरे ।
क्षेत्र न.१ अभैm शिक्षा, स्वास्थ्य र कृषिमा पछाडि रहेको जिकिर गर्दै उनले मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराएका थिए । मधेशमा सम्प्रदायिक दंगा गराउने षड्यन्त्र भइरहेको छ, नेता कार्कीले भने–यसतर्पm सबै जना सचेत रहनुपर्छ । आन्दोलनको क्रममा लागेको राजनीतिक मुद्दा सरकारले फिर्ता लिनुपर्ने माग उनले गरे ।
सो अवसरमा जसपा मधेश प्रदेश समिति सदस्य एवम् बारा जिल्ला इन्चार्ज चन्देश्वर महतोले मधेश प्रदेश सरकारले जनचाहना अनुरुप योजनाहरु ल्याउन लागेको बताए । कार्यक्रममा शहीद शिवशंकर यादवको आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा मदरसा समितिका अध्यक्ष अजिम अंसारी, जसपा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष बिनोद कुमार यादव, धनुषाधाम नगर उपाध्यक्ष चन्द्रनारायण यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । अम्बिका विश्वकर्माले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरि करिब २५ जना नेता कार्यकर्ता जसपा प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया