काठमाडौं । ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मटिहानी नगरपालिकाको कार्यालय धिरापुरमा आयोजित कार्यक्रममा मटिहानी नगरपालिकाका अपाङ्गहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले कम्बल वितरण गरेका छन् ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका ४० जना अपाङ्गहरुलाई कम्बल वितरण गरिएको कुरा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले बताएकी थिइन् ।
कार्यक्रममा उपप्रमुख मन्जु देवी साह, वड़ा नं.१, २, ३, ४ र ८ का वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल, योजना अधिकृत राजेश कुमार शर्मा, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, सि. अ. हे. व. अधिकृत नागेश्वर पाण्डेय, अपाङ्ग समन्वय समितिका सदस्यहरु, मटिहानी नगरपालिकाका अपाङ्गहरु, अभिभावकहरु लगायतका सहभगिता रहेको थियो ।
यसअघि अपाङ्ग दिवसकै अवसरमा जनचेतनामूलक रैली समेत निकालिएको थियो ।
तपाईको प्रतिक्रिया