मटिहानीमा भीषण आगलागी, डेढ सयभन्दा बढी घर जले

समाचार

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । आगलागीमा १५० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

उक्त आगलागी नियन्त्रणका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु प्रयासरत् छन् ।

समाचार तयार पारिरहँदासम्म आगलागी नियन्त्रणमा नआएको नगरपालिकाका कर्मचारी मुकेश मेस्तरले जनाएका छन् ।

उनका अनुसार नियन्त्रणको प्रयास भइरहेको छ तर पूर्णतया नियन्त्रणमा नआइसकेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ