पूर्वप्रदेश प्रमुख अहिराजद्वारा दुःख व्यक्त, नियन्त्रणमा जुट्न आग्रह

समाचार

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा भएको भीषण आगलागीप्रति मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले दुःख व्यक्त गरेका छन् ।

आगलागी अझै पनि नियन्त्रणमा नआएकोले अविम्ब नियन्त्रण र उद्धार कार्यमा जुट्न डा.अहिराजले स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छन् ।

भीषण आगलागीमा परी १५० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अझै पनि आगलागी नियन्त्रणमा आएको छैन ।

यस्ता प्राकृतिक प्रकोपहरु मधेशमा वर्षेनी आइरहेकोले आगामी दिनमा यस्ता प्रकोपहरु रोक्न तीनै तहका सरकारलाई गम्भीर हुन उनले आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ