मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

सप्तरी । बोदेबर्साइन नगरपालिका–५ जाजर पुलस्थित सडकमा अर्नाहाबाट देउरीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश २–०३–०२५ प २२४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बस्ने ४० वर्षीय बद्री यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ