जमीअत उलमाए नेपालले बाँड्यो अग्नि पीडितलाई सुत्ने खाट

समाचार

महोत्तरी । बैशाख १२ गते मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछीमा आगलागीले क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई जमिअत उलमाए नेपाल महोत्तरी शाखाले सुत्नका लागि खाट (पलङ) वितरण गरेको छ ।

यसैबीच एक समारोहका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, जमिअत उलमाए नेपाल महोत्तरी शाखाका अध्यक्ष शेख महीयुद्दिन र केन्द्रीय सदस्य मसीहुल्लाले संयुक्त रूपमा उक्त खाट (पलङ) वितरण गरेका छन् ।

मटिहानी नगरपालिका वडा नं. ६ का जम्मा १०३ अग्नि पीडितहरूलाई १÷१ वटाका दरले खाट (पलङ) वितरण गरिएको कुरा जमिअत उलमाए नेपाल महोत्तरी शाखाका सचिव मोहम्मद अनिषले बताए ।

त्यसै क्रममा बोल्दै नगरप्रमुख मण्डलले जमिअत उलमाए नेपाल महोत्तरी लगायत अन्य संस्थाले हामीलाई यस विपदको समयमा सहयोग गरेकोमा खुशी साथ धन्यवाद व्यक्त गरे ।

उक्त खाट (पलङ) वितरण गर्दै संस्थाका जिल्ला अध्यक्ष शेख महियुद्दीनले आफूहरू गरिब, असहाय र पीडितलाई सहयोग गर्दै आइरहेको र यो खाट (पलङ) यहाँका अग्नि पीडितलाई सुत्न र आराम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त खाट (पलङ) वितरण कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारी, वडा सदस्यहरु, जमिअत उलमाए नेपालका प्रतिनिधिहरु लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ