नेपालगन्ज । कोहलपुर नगरपालिका कृषि शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
कृषि विकास शाखाले किसानलाई कोहलपुरको माटो सुहाउँदो विभिन्न उन्नत जातको बीउ वितरण गरेकाले उत्पादन बढ्ने विश्वास गरिएको छ । गुणस्तर र माटो सुहाउँदो उन्नत जातको धानको बीउले थोरै लगानीमा धेरै धान फलाउन सकिने छ ।
त्यस्तै सो अवसरमा बोल्दै कृषि विकास शाखा प्रमुख चन्द्रबहादुर बुढाले नगरपालिकाभित्र रहेका १५ वटै वडाका किसानहरूको मागका आधारमा उन्नत जातको धानको बीउ वितरण गरिएको बताइएको छ ।
कृषि शाखाबाट राधा ४, राम, हर्दिनाथ ६ जस्ता उन्नत जातका धानका बीउ वितरण गरिएको छ । किसानको माग अनुसार शाखाले १० हजार ३ सय ५० केजी उन्नत धानको बीउ खरिद गरी वितरण गरेको कृषि शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया