करेन्ट लागेर एकको मृत्यु

समाचार

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सरावल गाउँपालिका–३ श्रीनगरका निवासी बर्ष ३० का प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

धारामा मोटर लगाएर पानी तान्ने क्रममा चौधरीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल परासी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ