कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

समाचार

काठमाडौं । कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पब्लिकेसनको थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताए ।

पक्राउ परेपछि अध्यक्ष सिरोहियाले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै आफूले छानबिनका लागि सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरेकामा आपत्ति जनाए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ