सर्लाहीको विद्यालयमा पूर्वप्र्रदेश प्रमुखद्वारा शैक्षिक सामग्री वितरण

समाचार

सर्लाही । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले सर्लाहीको एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

जिल्लाको बरहथवा नगरपालिका–१४ सैतपुरस्थित श्री जनता सामुदायिक प्राथमिक विद्यालयमा पूर्वप्रदेश प्रमुख डा.अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर अंकित पुस्तिका वितरण गरेका छन् ।

सर्लाही जिल्ला भ्रमणको क्रममा डा.अहिराजले विद्यालयको निरीक्षण गर्दै करिब एक सयभन्दा बढी विद्यार्थीलाई पुस्तिका वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ